मोफसलमा टिम ‘साईली’

341 Shares

फिल्म । चर्चित गीत ‘सुन साईली’ लाई आधार मानेर तयार गरिएको फिल्म ‘साईली’ को प्रचारप्रसारका लागि युनिट यतिबेला पुर्व पुगेको छ । फिल्मका कलाकार दयाहाङ राई , गौरव पहाडी , मेनुका प्रधान लगायतको टिमले मोफसल यात्रा थालेको हो । मोफसल यात्रा अन्तर्गत मिडियाकर्मीसँग भेटघाटका साथै दर्शकसँग पनि प्रत्यक्ष रुपमा तिम्ले भेटघाट गर्दै फिल्मको बारेमा जानकारी दिईरहेको छ ।

टिमले धरानको पब्लिक हाईस्कुल, सियोन कलेज र युएन कलेजमा पुगेर झन्डै एक हजार पाँच सयको हाराहारीमा विधार्थीसँग अन्तरक्रिया गरेको छ । टिमले अन्तरक्रियाको क्रममा बेरोजगारीले घरपरिवारमा पार्ने समस्याको विषयमा चर्चा गरेका थिए किनकी फिल्मले यस्तै भाव व्यक्त गर्छ । फिल्ममा गौरव , दयाहाङ र मेनुकासँगै माओत्से गुरुङ, कृपा सिंह, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा निर्देशक गुरुङको कथा रहेको छ भने यसमा विशाल गुरुङ र मोहन थापा निर्मातामा छन् । बिजय अवाले, विकाश पुजास र सुवेक्छा केसी सह-निर्माताको रहेको फिल्मको कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । फिल्ममा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि. कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

Facebook Comments