छायाँकनमा ‘निल काँडा’

40 Shares

फिल्म । निर्देशक दिनेशराज शर्माको निर्देशन रहेको फिल्म’ निल काँडा’ को मुहुर्तसँगै छायाँकन सुरु गरिएको छ । मौसम फिल्मस् प्रालिको ब्यानरमा निर्माण भई रहेको फिल्ममा सरोज खनाल, अर्जुन गुरुङ (भंगेरी डन ) ,रिस्ता बस्नेत ,नब नायक दिपक तिवारी ,नब नायिका तेजश्वनी बास्कोटा ,उमा बेबी ,विक्रान्त गिरि ,श्याम चौधरी ,याम खरेल लगात कलाकारको अभिनय रहनेछ ।

कथा तेजश्वनी रहेको फिल्ममा संवाद/पटकथा दिनेशराज शर्मा रहेको छ । वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मा फिल्ममा टेक्निकल एड्भाइजरको रुपमा रहेका छन् । यसमा विकाश चौधरीको संगीत , विनोद सापकोटाको छायाँकन रहेको छ । फिल्मलाई मुना पौडेलले निर्माण गरिरहेकी छिन भने यो आउँदो मङ्सिर १५ बाट प्रदर्शनमा आउनेछ ।

Facebook Comments