फिल्म । नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो चरणको छायांकन सुरु गरिएको छ । पहिलोचरण अन्तर्गत गत जेठ २४ गतेबाट ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन छायांकन गरेइको फिल्मको दोस्रो सेड्युलको काम काठमाडौँ उपत्यकाको दुवाकोटबाट सुरु गरिएको हो । दोस्रो सेड्युलमा अलिशा बाँस्तोला जोडिएकी छिन् ।
दोस्रो सेड्यूलको छायांकन सुरु गरिएको जानकारी दिँदै निर्माता विनोद पौडेलले जानकारी अनुबन्धित गराइएको बताए । फिल्ममा अलिशाको भूमिका विशेष रहेको जानकारी दिए ।
यस फिल्मलाई अन्तर्राष्ट्रिय रूपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको हो । यसमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल,अञ्जना बराइली,विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकारहरूको अभिनय रहनेछ । यस्तै यो फिल्मको बालकालकारमा जान्भी पौडेल र स्वायम् केसीको अभिनय रहेको छ ।
सोसल–ड्रामा जनरा रहेको फिल्मका लेखन तथा निर्देशन सरोज पौडेल हुन् । फिल्ममा उनी स्वयमको लेखन रहेको छ । यो फिल्म गन्धर्व परिवारको कथामा आधारित रहेको छ ।
विनोद पौडेल र प्याट्रिक सुवेदी फिल्मको लगानी कर्ता हुन् । फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन् । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ । फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी रहेको छ । फिल्मका गीतहरूमा प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको आवाज रहने छ ।











