‘बलिदान’ मा ऋचा

तस्बिर : ऋचा शर्माको फेसबुकबाट

फिल्म । निर्माणाधीन नेपाली फिल्म ‘बलिदान’ मा अभिनेत्री ऋचा शर्माले अभिनय गर्ने भएकी छन्। फिल्ममा काम गर्नको लागि शर्मासँग कागजी सम्झौता भएको निर्माता तथा निर्देशक सन्तोष सेनले बताए । शर्माले निभाउने भूमिकाको विषयमा भने सेनले खुलाएका छैनन् ।

आगामी वर्ष २०८१ मा रिलिज हुने ‘बलिदान’बाट प्रमुख अभिनेताको रूपमा समीर भट्टले डेब्यु गर्दैछन् । समीर एक्सन हिरोको रूपमा प्रख्यात बिराज भट्टका छोरा हुन् । उनले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरिरहेका थिए ।

सन्तोषको मेगा प्रोजेक्टको रूपमा रहेको ‘बलिदान’को टिजर छायाङ्कन अगावै रिलिज भईसकेको छ। देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो चलचित्र रहने निर्देशक सेनले बताएका छन्। आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यसमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन्।

कमेन्ट गर्नुहोस्