‘रणवीर’ गीतमा सुशीलको प्रेम पिडा (भिडियो)

फिल्म । ट्रेलर सार्वजनिकसँगै चर्चामा रहेको फिल्म ‘रणवीर’ को नयाँ गीत सार्वजनिक भएको छ । स्याड भर्सनको नयाँ गीतमा फिल्मका रणवीर अर्थात सुशील सिटौलाको प्रेम वियोगलाई देखाइएको छ । फिल्मकि डेब्यु गर्ल सुपुस्पा भट्टले सुशीलको प्रेमलाई स्वीकार नगर्दाको अवस्थालाई यसमा चित्रण गरिएको छ । गीतमा देखिएका दृश्यले फिल्मको मेकिङ् भ्यालुलाई देखाउछ । सार्वजनिक मान्न चाहन्न बोलको गीतमा हर्कुलस बस्नेत र प्रविशा अधिकारीको स्वर रहेको छ भने यसमा शब्द र संगीत हर्कुलसकै रहेको छ ।

फिल्म मार्फत सुपुस्पासँगै सन् २०१२ कि मिस नेपाल इन्टरनेशनल सुबेक्षा खड्का पनि डेब्यु गर्दैछिन् । फिल्ममा सुशील सिटौला शिर्ष भूमिका अर्थात रणवीरको भूमिकामा छन् । यसमा प्रशान्त ताम्राकार टिका पहाडी , नरेश पौडेल , रवी गिरी र हरिहर शर्मा ,जीवन भट्टराई , भोलाराज सापकोटा , शैलेश्वरी सिंह , जगदीश रिजाल , बसन्ती भट्ट लगायतको पनि अभिनय रहेको छ ।

फिल्मको ट्रेलरलाई साहिल खानले तयार पारेका हुन् । फिल्मलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा माया , मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने , गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

कमेन्ट गर्नुहोस्