
फिल्म । आउँदो शुक्रबार अर्थात् माघ २६ गते शुक्रनबार रिलिज हुने फिल्म ‘हात्तीछाप’को बुकिङ खुलेको छ । देशभरका हलका प्रदर्शकले मल्टीस्टाररहेको फिल्मलाई राम्रो शो उपलब्ध गराएका छन् । आइएनआइ,एफक्यूब, विएसआर,रञ्जना, किर्तिपुर, क्यूज लगायतका सिनेमाहलहरुले बुकिङ खोलेका छन्, जहाँ दर्शकको उत्साहपूर्ण सहभागिता हुँदैछ ।
यस फिल्मले नेपाली दर्शकको खडेरीलाई अन्त्य गर्ने आशा राखिनेको छ । किनकि यसमा अहिलेका सर्वाधिक चर्चित अभिनेता सौगात मल्ल, दयाहाङ राई एकसाथ देखिदैछन् । उनीहरूको जोडीलाई दर्शकले सधै रुचाउने गरेका छन् ।
यो फिल्मको अन्तरराष्ट्रिय वितरणको जिम्मा लिएको एमएसएम इन्टरटेन्मेन्टले माघको २६ अर्थात फ्रेबुअरी ९ तारिखबाट नै विश्वभर यो फिल्म रिलिज हुने बताएको छ । यो फिल्मलाई अष्ट्रेलियामा एमएसएम इन्टरटेन्मेन्ट र रोटेपिङ इन्टरटेन्मेन्टले मिलेर फिल्म रिलिज गर्दैछन् । यस्तै, अमेरिका र क्यानडामा यात्री डिजिटलले रिलिज गर्दैछ । यस्तै, यूरोपका सम्पूर्ण देशमा फिल्मलाई नेपाली मुभी टाइम डेनमार्कले रिलिज गर्ने पक्का भएको छ ।
मध्यपूर्वका देशमा फिल्मलाई सुप्रिम फिल्म प्रोडक्शन एन्ड डिस्ट्रिब्यूसन कम्पनीले रिलिज गर्ने पक्का भइसकेको छ । दक्षिण कोरिया र जापानमा फिल्मलाई यूएनए इन्टरटेन्मेन्टले रिलिज गर्दैछ । विश्वभर एकसाथ फिल्म रिलिज हुँदा त्यसले पार्ने प्रभाव र उत्साह नै छुट्टै हुने पक्का छ ।
सिमोस सुनुवारको निर्देशनमा बनेको यो फिल्मले नेपालसँगै विदेशमा पनि सुखद कमाई गर्ने अपेक्षा गरिएको छ । किरण नेपालीको प्रस्तुतीमा तयार भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बिजय बराल, वुद्धि तामाङ, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ ।













