फिल्म । अन्ततः फिल्म ‘वरिष्ठ बलराम’ले रिलिज डेट घोषणा गरेको छ । शिवरात्रिको अवसर पारेर बुधबार साँझ टाइटल टिजर सार्वजनिक गर्दै निर्माणपक्षले फिल्म आउँदो वर्ष विसं २०८२ को लक्ष्मीपूजामा प्रदर्स्गन हुने जनाईएको हो ।
निर्देशक सुरेन्द्र पौडेल केही समयदेखि फिल्म निर्माणको प्रक्रियामा छन् । विगतमा घोषणा भएको निर्मातासँग सहकार्य सम्भव नभएपछि नयाँ निर्मातालाई लिएर निर्देशक पौडेलले औपचारिक घोषणा गरेका हुन् ।
फिल्ममा दयाहाङ राई, विजय बराल, पशुपति राई, समृद्धि अर्याल, माओत्से गुरुङलगायत कलाकारको अभिनय रहनेछ ।आशिस एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहने फिल्ममा निर्देशक पौडेलकै कथा र सम्पादन, महेश दवाडीको पटकथा रहने छ । आउँदो सातादेखि छायांकन हुने भनिएको फिल्म सामाजिक कथावस्तुमा तयार हुने छ भने छायांकन तराईका विभिन्न स्थानमा गरिनेछ ।
मानकृष्ण महर्जन डिओपी रहने फिल्ममा प्रशान्त शिवाकोटी संगीत, सम्राट शाक्य एक्सन निर्देशन, प्रदीप लामाको कोरियोग्राफी रहने छ । ‘वरिष्ठ बलराम’ वृषभ सिद्धी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुनेछ ।











