गौरव र कोसिशले प्रेमिकासँग कसे लगनगाँठो

फिल्म । अभिनेता कोसिश क्षेत्री र गौरव पहाडीले लगनगाँठो कसेका छन् । अभिनेता क्षेत्रीले हेटौंडा स्थायी घर भएकी प्रेमिका सन्ध्या ढुंगानासँग बिहे गरेका हुन् । कोशिश र सन्ध्याको बिहे माघको १७ गते भएको हो । यो जोडीले एक बर्ष अगाडि इन्गेजनमेन्ट गरेपनि हालै मात्र बिहे गरेको हो । आठ बर्ष लामो प्रेम सम्बन्धलाई यी दुइले बिहेमा परिणत गरेका हुन् ।

मनोविज्ञान बिषयमा स्नात्तोकर गरेकी सन्ध्या र गायन क्षेत्र हुँदै अभिनेताको रुपमा उदाएका कोशिशको बिहेमा परिवारका सदस्य र आफन्त मात्र उपस्थित भएको बताइएको छ ।

यस्तै, अभिनेता पहाडीले प्रेमीका श्रेयानी खतिवडासँग आज जोरपाटीस्थित नर्लिङ रिसोर्टमा परिवार, आफन्त र केही फिल्मीकर्मीको उपस्थितिमा बिहे गरेका हुन् । चर्चित कलाकार टीका पहारीका छोरा गौरव र श्रेयानीको प्रेम ३ बर्षदेखि चलिरहेको थियो । गौरव फिल्ममा व्यस्त भएकाले उनीहरूले बिहेका लागि समय निकाल्न नसकेको वुझिएको छ ।

श्रेयानी फिटनेश प्रशिक्षक हुन् । गौरवले भने दर्जन बढी फिल्ममा अभिनय गरेका छन् । ‘सुन साइँली’ बोलको गीत हिट भएपछि गौरवलाई दर्शकले ‘साइँला’ उपनामले चिन्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्