हङकङमा रुचाईयो ‘बीर विक्रम २’

फिल्म । मिलन चाम्स निर्देशित ‘बीर बिक्रम २’ ले विदेश रिलिजको सुरुवात गरेको छ । हङकङबाट विदेश प्रदर्शन शुरु गरेको ‘बीर बिक्रम’ ले हङकङेली दर्शकहरुबाट राम्रो तारिफ पायो । मित्रता, प्रेम र बदलाको कथा बोकेको फिल्मलाई हङ्कङका दर्शकहरुले मन पराए । पश्चिम नेपालको मनमोहक दृश्यले पनि खुबै तारिफ पायो । उपस्थित दर्शकहरुले निर्देशक चाम्स र कलाकारहरुको खुलेर तारिफ गरे । फिल्म हेर्न आइपुगेका दर्शकले नेपाललाई सुन्दर देखाएको भन्दै तारिफ मात्र गरेनन् मित्रता र मायाको कथालाई पनि मन पराए ।

फिल्मलाई डब्ली डिजिटल सिनेमा घर वाम्पोमा प्रदर्शन गरिएको थियो । हङकङमै रहेर संञ्चारकर्म गरिरहेका अनोज रोक्का, बिनोद बस्नेत र सुनिल मल्लले यसको प्रर्दशनको जिम्मा लिएका थिए । आयोजकमध्येका एक अनोज रोक्का भन्छन्, ‘हङकङमा नियमित फिल्म प्रदर्शन गर्न सक्ने हो भने दर्शकले राम्रै साथ दिने बुझिन्छ, आगामी दिनमा पनि यहाँका दर्शकको अपेक्षा र इच्छाअनुसारका फिल्म ल्याउनेछौं ।’ पल शाह, नाजिर हुसैन, बर्षा सिवाकोटी र बुद्धि तामाङ र चर्चित बालकलाकार क्रिजन गौतम लगायतको अभिनय छ ।

यसमा पल बीरको भूमिकामा छन् भने नाजिर विक्रमको । यसैगरी यसमा वर्षा बादलको भूमिकामा छिन् भने बुद्धि तामाङ पहिलो पटक नेगेटिभ क्यारेक्टरमा छन् । प्रदीप भारद्धाजको कथामा बनेको फिल्मका डिओपी सुदीप बराल हुन् । अपर्ण सापकोटा निर्माता रहेको फिल्ममा देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको अभिनय छ । फिल्ममा हिमाल केसीको द्वन्द्व छ ।

कमेन्ट गर्नुहोस्