‘जिग्री’ ट्रेलर सार्वजनिक

फिल्म । कमेडी, क्राइम र एक्सन ड्रामा विधामा बनेको फिल्म ‘जिग्री’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा पैसाले उत्पन्न गराएको परिस्थितिलाई रोचक ढंगले चित्रण गरिएको छ । पैसाको चक्करमा फसेका दुई युवा कसरी समस्यामा पर्छन् र त्यसबाट उम्कन उनीहरुले गर्ने संघर्षमा ट्रेलर केन्द्रित छ ।

फिल्मलाई आकाश मगरले निर्देशन गरेका हुन् । फिल्ममा निर्देशक मगरसँगै अभय राज बराल, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली आदिको अभिनय छ । फिल्मलाई सुमित भट्ट र सोमित माझीले मिलेर खिचेका हुन् ।

फिल्ममा सरुन मानन्धरको सम्पादन, किशोर आचार्यको ध्वनि परिकल्पना तथा मिश्रण, आकी थेक्पाको प्रोडक्सन डिजाइन, सुवास पौडेल र भास्कर स्वाँरको संगीत तथा र लुज राजभण्डारीको भीएफएक्स छ ।

कमेन्ट गर्नुहोस्