वरुण पुगे अयोध्या

विदेश । भारतमा राम मन्दिर प्राण प्रतिष्ठा (उद्घाटन समारोह) २२ जनवरी, २०२४ अर्थात माघ ८ गते सोमबार हुँदैछ । आयोजक श्री राम जन्मभूमि तिर्थ क्षेत्रले निमन्त्रणा विश्वभरबाट हिन्दु धर्मालम्बी त्यहाँ पुगिरहेका छन् । सोही सन्दर्भमा नेपालबाट उद्योगपति वरुण चौधरी उक्त समारोहमा सहभागी हुने भएका छन् ।

केही समयअघि प्रख्यात आध्यात्मिक धर्मगुरू वागेश्वर धाम सरकारलाई नेपाल ल्याएपछि हिन्दु समुदायमार्फत ‘हिन्दु हृदयसम्राट’को उपाधि समेत वरुण त्यस यता धार्मिक कार्यक्रममा सक्रिय छन् । मन्दिरको अभिषेकसँगै पवित्र अनुष्ठान हुने क्रममा वरुणको उपस्थितिले विश्व हिन्दू समुदायको एकता र साझा सांस्कृतिक सम्पदाको प्रतीकको रुपमा हेरिएको छ । अयोध्याको मुटुमा यस शुभ अवसरलाई मनाउने कार्यक्रमले भारत भित्र मात्रै होइन, विश्वभरका अनुयायीहरूको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको हिन्दु सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्ष निरज शाह बताउँछन् ।

कमेन्ट गर्नुहोस्