‘पार्टी सभापतिले बोलाउँदा भेट्न नजाने कुरा हुदैन’ : डा कोइराला

देश । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग भेट गर्न जाने कुरालाई मिल्ने भन्न नहुने बताएका छन् । बिहीबार नेपाल प्रेस युनियन काठमाडौँको जिल्ला कार्यसमितिको नवनिर्वाचित पदाधिकारीलाई प्रमाण पत्र वितरण गर्दै नेता कोइरालाले सभापति देउवासँग मिलेको भाष्य निर्माण गरिएकोप्रति आपत्ति जनाउदै ‘कहिले मिलेँ ?’ भन्दै प्रश्न गरे । उनले भने,‘पहिलो उहाँ बोलाउनु हुन्थेन, म पनि जाँदैन थिएँ । आजकल बोलाउनु हुन्छ । जान्छु, किनकि सभापति त हामी सबैको र पार्टीको हुनुहुन्छ ।’

१४ औँ महाधिवेशनमा पाएको ४० प्रतिशत मतलाई ६० प्रतिशत कसरी पु¥याउने भन्ने तर्फ आफ्नो ध्यान केन्द्रित रहेको उनले बताए । प्रेस युनियन केन्द्रीय अध्यक्ष शिव लम्सालले आफ्नो नेतृत्वमा कार्यसमिति आएपछि एकवर्ष भित्र सम्पूर्ण जिल्ला, प्रदेश तथा प्रतिष्ठान शाखाको अधिवेशन गरेको बताए ।

कार्यक्रममा नवनिर्वाचित काठमाडौँ जिल्ला अध्यक्ष महेश गौतमले श्रमजीवी पत्रकार हितमा सदैव काम गर्ने बताए । कार्यक्रममा वरिष्ठ पत्रकार दामोदर दवाडी, नेपाल पत्रकार महासङ्घ एसोशिएट प्रदेश समिति अध्यक्ष बैकुण्ठराज पराजुली, युनियनका महासचिव दीलिप पौडेल, काठमाडौँका पुर्व अध्यक्ष नकुल अर्याल लगायतले मन्तव्य राखेका थिए ।

कमेन्ट गर्नुहोस्