राजु र करणले ल्याए ‘धन्यवाद’

संगीत । गायक राजु लामा र ‘द भ्वाईस अफ नेपाल सिजन ४’ विजेता करण राईले ‘धन्यवाद’ गीत र भिडियो सार्वजनिक गरेका छन् । आफ्ना फ्यानलाई समर्पित करणको गीतमा कोच राजुले समेत स्वरमा साथ दिए । राजुकै शब्द तथा संगीत रहेको गीतलाई देवेश राईले एरेञ्ज तथा मिक्सिङ गरेका छन् ।

‘यहाँहरुले जति माया,साथ,हौसला र आशिर्वाद दिनुभयो । त्यसको बदलामा मैले जति नै धन्यवाद दिए पनि सायद कम हुन्छ । तथापी हजुरहरुले दिनुभएको प्रेमको निम्ति केही दिन नसके पनि मेरो गुरु कोच आदरणीय राजु लामा सर र मेरो तर्फबाट हाम्रो आवाजमा यी नै कृतज्ञताको शब्दहरु सहित यो ‘धन्यवाद’ गीत यहाँहरु माझ अर्पण गर्दछौं’, करणले भने ।

भिडियोमा ईशक जाबेगुको निर्देशनसंगै सिनेमाटोग्राफी रहेको छ, भने सम्पादन तथा कलर सुप्रिम पराजुलीको रहेको छ ।

कमेन्ट गर्नुहोस्