फिल्म । गत सोमबारदेखि काठमाडौँ महानगरपालिकामा भारतीय फिल्मको प्रदर्शनमा गरिएको निषेध हटाउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । नेपाल चलचित्र संघका तर्फबाट कानुन व्यावसायी प्रितम घिमिरेले दायर गरेको रिटमा न्यायाधीस धिरबहादुर चन्दको एकल इजालस तत्काल प्रदर्शनमा बाधा नगर्न र नगराउन अन्तिम आदेश दिएका छन् ।
उच्च अदालतकी प्रवक्ता मन्दिरा शाहीले १२ असारमा दुवै पक्षलाई छलफलका लागि बोलाइएको र त्यतिञ्जेल भारतीय चलचित्रको प्रदर्शनमा रोक नलगाउन आदेश दिईएको जानकारी दिईन् ।
भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद मूलसंकरणबाट नहटाएसम्म महानगरका कुनै पनि हलमा भारतीय फिल्म चल्न नदिने घोषणा मेयर बालेन्द्रशाहले गरेका थिए । उनै, शाहको निर्णय विरुद्धमा चलचित्र संघले उच्च अदालतमा रिट दायर गरेको छ ।
कमेन्ट गर्नुहोस्










