शिल्पासँग गौरवको ‘माया बस्यो’ (भिडिओ)

फिल्म । आगामी असार १५ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परस्त्री’को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘माया बस्यो तिमीसँग’ बोलको गीतमा केतन क्षेत्री र निखिता थापाको स्वर छ। गीतको भिडिओमा मुख्य कलाकार शिल्पा मास्के र अभिनेता गौरव विष्टलाई फिचर्ड गरिएको छ। केके ब्रोदर्स अर्थात् कोसिस र केतन क्षेत्रीको कम्पोज र शब्द रचना रहेको गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन्।

पोस्टर रिलिजसँगै चर्चामा आएको फिल्मको सार्वजनिक गीत मुस्ताङका रमणीय स्थानमा खिचिएको छ। नेपाली र हिन्दीमा रिलिज हुने सिनेमाको सार्वजनिक गीतमा वाइल्ड रिपर्जको कोरियोग्राफी छ।

विवाहेतर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा निर्माण भएको फिल्म निरज कँडेल छायांकन गरेका हुन् । कलाकार सुरज पाण्डेको डेब्यु निर्देशन रहेको फिल्ममा शिल्पा र गौरवसँगै कोसिस क्षेत्री, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय छ। डीएस डिजिटलको ब्यानरमा बनेको सिनेमामा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन्। फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्टको तर्फबाट करण श्रेष्ठले वितरण गर्नेछन् ।

कमेन्ट गर्नुहोस्