फिल्म। बलिउडका बिग बि अर्थात् अमिताभ बच्चन कुनै समय एक्सन दृश्यका लागि परिचित थिए । बलिउडमा ‘एंग्री म्यान’को छवि पनि बनाएका अमिताभ अमेरिकाको बोस्टन गएको बेला ६ जना केटाको गिरोहले अपहरण गरेको थियो । पछि ती गुण्डाहरूले उनको ब्रिफकेस, जसमा पैसा र राहदानी थियो, खोसेका थिए। यो अवधिमा उनलाई सहयोग गर्ने कोही थिएन ।
अभिनेता अमिताभले अपहरणसँग सम्बन्धित दिएको अन्तर्वार्ता अहिले पुनः चर्चामा छ। इन्डियन एक्सप्रेसको रिपोर्टका अनुसार बोस्टनमा एक दिन होटलको लबीबाहिर ६ जना केटाको समूहले उनीमाथि रंग फाले । त्यसपछि ती केटाहरूले बिग बीलाई सहयोग गर्ने नाटक गरे र उनको ज्याकेट सफा गर्ने बहानामा अपहरण गरे। त्यसपछि उनको ब्रिफकेस खोसेर फरार भएका थिए । उनको ब्रिफकेसमा केही कागजपत्र, राहदानी र पैसा थियो। यस क्षणमा उनी पूर्ण रूपमा असहाय महसुस गर्दै थिए, किनकि उनलाई सहयोग गर्ने कोही थिएन। जब यो घटना भयो, उनी भारतमा सुपरस्टारका रुपमा चिनिन्थे ।










