अन्जु र रोशनको ‘झ्यालको पर्दा’ सार्वजनिक (भिडियो)

संगीत । अन्जु पन्त र रोशन अधिकारीको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीत’झ्यालको पर्दा’ मा अर्जुन पोखरेलको संगीत रहेको छ भने यसमा शब्द लोकराज अधिकारीले लेखेका हुन् । गीतमा मोहित मुनालको संगीत संयोजन रहेको छ । शिब बिकले निर्देशन गरेको भिडियोलाइ रामेश्वर कार्कीले छायांकन तथा सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

प्रियंका कार्की र गायक स्वयम् अधिकारी फिचर्ड गीतको भिडियोलाई आयोजित कार्यक्रममा प्रसंसा मिलेको हो । गायक अधिकारी १२ बर्ष देखि अमेरिका बस्दै आएका छन् । २०१५ मा हिमालयन सिङ्गिङ्ग आइडलको बिजेता बनेका उनि संगीतमा पहिले देखि नै रुचि राख्दथे । उनको पारिवारिक बाताबरण पनि सांगीतिक नै रहेको छ ।

कमेन्ट गर्नुहोस्