देश । सरकारले चलचित्र पर्यटनको विकास र विस्तार गर्ने योजनासहित काभ्रेपलाञ्चोकको बनेपामा अत्याधुनिक इण्डोर स्टुडियो निर्माण कार्यलाई तीव्रता दिइने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनका लागि नेपालका प्रमुख आकर्षकस्थललाई प्रवद्र्धन गर्ने उल्लेख छ ।
अन्तर्राष्ट्रियस्तरमा नेपालको भूगोल, कला, साहित्य, भाषा, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्न योगदान पु¥याउने विदेशी नागरिकलाई सगरमाथा विशेष सम्मान प्रदान गर्ने निर्णय पनि गरेको छ ।
नीति तथा कार्यक्रमको बुँदा नम्बर एक सय ६ मा भनिएको छ,’प्रतिलिपि अधिकार ऐन,२०५९ लाई स्रष्टामैत्री हुनेगरी परिमार्जन गरिनेछ । समाज रूपान्तरणका लागि संघर्ष गर्ने व्यक्ति तथा घटनासँग सम्बन्धित ऐतिहासिक चलचित्र, वृत्तचित्र तथा स्वदेशी चलचित्र निर्माणलाई प्रवद्र्धन गरिनेछ ।’








