मिरुना बनिन् सद्भावना दूत

फिल्म। नेपाल युरोपियन युनियन फिल्म फेस्टिभलले अभिनेत्री मिरुना मगरलाई यस वर्षको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । नेपालस्थित युरोपियन युनियनको कार्यालयले ‘कबड्डी ४’ र ‘जारी’ फेम्ड अभिनेत्रीलाई दूत नियुक्त गरेको जनाएको छ ।

यसपटक तीन ठाउँमा फेस्टिभल आयोजना हुँदैछ । २८ देखि ३० अप्रिलसम्म सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगर, मे ३ देखि ५ सम्म सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालय र मे १२ देखि १५ सम्म काठमाडौंस्थित चलचित्र विकास बोर्डको हलमा फेस्टिभल आयोजना हुनेछ ।

यस वर्षको संस्करणमा आठ युरोपेली र आठ नेपाली छोटा फिल्म देखाइने जनाइएको छ । सन् २०२३ लाई मानवअधिकारको विश्वव्यापी घोषणाको ७५ औं वार्षिकोत्सवका रूपमा मनाइँदै आएकाले यस वर्षको उत्सवको नारा ‘सबैका लागि मानवअधिकार मनाउने’ छनोट गरिएको फेस्टिभलद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्