‘प्रसाद २’ प्रदर्शनमा रोक

फिल्म। विवादै विवादमा फसिरहेको फिल्म ‘प्रसाद २’ को रिलिजमा अन्यौल देखिएको छ। चैत २४ गते प्रदर्शनको तयारीमा रहेको फिल्म तत्काल प्रदर्शन नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। चलचित्र विकास बोर्डको नाममा कारण देखाउ जारी रिटमा थप सुनुवाइ गर्न उच्च अदालतले चैत २६ गते दुवै पक्षलाई बोलाएको अदालतकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिनुभयो।

व्यावसायी केशव पाण्डेले आफ्नो नब्बे प्रतिशत स्वामित्व रहेको चलचित्र ‘प्रसाद–२’ दश प्रतिशत स्वामित्व रहेको शुभाष थापाले विना अनुमती प्रदर्शन गर्न लागेको भन्दै तत्काल प्रदर्शन रोक्न हालेको रिटमा न्यायाधीश सुदर्शन पाण्डेको एकल इजलासले अन्तरिम आदेशसँगै कारण देखाउ आदेश समेत जारी गरेको हो। पाण्डेको पक्षबाट अधिवक्ता सरोज अधिकारी, श्यामकुमार विश्वकर्मा र अरुण पौडेलले बहस गरेका थिए।

चलचित्र निर्माण सुरु हुनुअघि पाण्डेलाई ‘प्रसाद २’ को निर्माताका रुपमा चिनाइएता पनि प्रचारप्रसारको सामाग्रीमा उहाँको नाम चलचित्रमा समावेश छैन। निर्माता थापाविरुद्ध आर्थिक लेनदेन र बैंकिङ कसूर मुद्दामा पक्राउ पूर्जीसमेत जारी छ । निर्माता थापाले सबै लगानी गरेर ९० प्रतिशत स्वामित्व हुने सम्झौता गरेर आफ्नो पैसा पनि फिर्ता नदिएको र स्वामित्व पनि नदिएको पाण्डे पक्षको दाबी छ।

कमेन्ट गर्नुहोस्