सङ्गीत। सिनेम्याटोग्राफरको रूपमा परिचित हरि हुमागाँइको निर्देशनमा नयाँ भिडियो सार्वजनिक भएको छ। राम नवमीको अवसर पारेर ‘तूइन् पारी’ बोलको गीतमा यसपटक निर्देशनमा अभिनेता नाजिर हुसेनले सहकार्य गरेका छन्। सार्वजनिक गीतमा कमल खत्रीको स्वर, शब्द र संगीत रहेको छ । गीतमा रिकेश गुरुङको संगीत संयोजक छ ।
भिडियोमा कलाकार नाजिर हुसेन, रुषा न्यौपाने र सायना हुमागाईंलाई हेर्न सकिन्छ । नाजिरले भिडियोमा वैदेशिक रोजगारीमा गएर स्वदेश र्फकिने एक युवाको भूमिका निर्वाह गरेका छन् । भिडियोले विकट गाउँबाट प्रदेश जाने युवाले आफ्नो घरमा श्रीमतीलाई गाहा्रो परेको खबर पाएर गाँउ फर्केर घर आइपुग्न साथ आफ्नी जीवनसंगीनीले नवजात शिशु मायाको चिनो दिएर संसार छाडी सकेको पीडालाई वास्तविक रुपमा देखाएको छ ।
सार्वजनिक गीतको भिडियोलाई हरि हुमागाईँ र नाजिर हुसेनले निर्देशन गरेका हुन् । भिडियोमा डिओपी तथा सम्पादन निर्देशक हुमागाँइकै रहेको छ भने उत्तम हुमागाँईको छायांकन रहेको छ । यस्तै, भिडियोमा प्रविन मानन्धरको वीएफएक्स र कलरिङ छ ।










