सङ्गीत। केही समयदेखी अष्ट्रेलियामा बसोबास गरिरहेका अभिनेता सुशान्त कार्कीले नेपाल बसाइको क्रममा भिडियोमा अभिनय गरेका छन्। ‘नेपाल आइडल सिजन २’ विजेता गायक रवी ओड स्वर रहेको ‘ओई मेरी रामप्यारी’ गीतको भिडियोमार्फत उनले अभिनयमा पुनः सुरूवात गरेका हुन्। भिडियोमा सुशान्तलाई मोडल लोसिना लामिछानेले साथ दिएकी छन् ।
हर्क साउँदको शब्द रचना र एसडी योगीको सङ्गीत रहेको गीततलाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन् । शिवराम श्रेष्ठकको डिओपी रहेको भिडियोमा नविन निरौलाको कलर तथा सम्पाद र प्रमोद कुमार भण्डारीको कोरियोग्राफी र निर्देशन छ ।
कमेन्ट गर्नुहोस्











