सुमनको निर्देशनमा ‘यो जीवन मिठो…’

संगीत । संयुक्त राज्य अमेरिकामा रहेर पनि नेपाली गीतसंगीतसँग जोडिएका निर्देशक सुमन दाहालले नयाँ गीत सार्वजनिक गरेका छन् । कृष्ण काफ्ले र रिता केसीको स्वरमा रहेको ‘यो जीवन मिठो…’ बोलको गीतको भिडियो सुमनले निर्देशन गरेका हुन् । अमेरिकाकै ल्याक्जिङटन शहरका आसपासका रमणीय दृश्यमा छायांकन गरिएको गीतमा सुदन डोटेलको शब्द, सरोज प्याकुरेलले सङ्गीत सृजना र मनोहर सुनामले सङ्गीत संयोजन रहेको छ । सार्वजनिक गीतको भिडियोलाई सम्राट क्रियसन युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

युगल जोडीको प्रगाढ प्रेमलाई प्रस्तुत गरिएको गीतको भिडियोमा मोडलको रुपमा भुवन लोहनी र अञ्जली दियाली प्रस्तुत हुनु भएको छ । अक्की शर्माको छायांकन रहेको गीतको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् भने रंग संयोजन रेनिश फागोको छ । रङ्ग पत्रकारिता मार्फत उदाएका सुमनले फिल्म निर्देशन गरिसकेका छन् । केहि समय यता अमेरिकामा बसोबास गरिरहेका सुमन म्युजिक भिडियो, लघू फिल्म तथा लोकदोहोरी कार्यक्रममा सक्रिय छन् ।

कमेन्ट गर्नुहोस्