फिल्म। अभिनेत्रीद्वय रेखा थापा र पूजा शर्माको लगानीमा निर्माण हुने चलचित्रमा आँचल शर्माको अभिनय रहने तय भएको छ। यो समीकरण निर्देशक ज्ञानेन्द्र देउजाको कारण सम्भव भएको हो। उनले निर्देशन गर्ने फिल्मको लेखन सुलक्षण भारतीले गरिरहनु भएकोछ। फिल्ममा अझैँ एक अभिनेत्री रहनेछिन्। आउँदो वर्षको वैशाखबाट छायाङ्कन गर्ने तायारी रहेको फिल्म नारीप्रधान कथावस्तुमा तयार हुनेछ। ‘कथा र कन्टेननै बलियो हुन्छ। पात्र त कथाले सिर्जना गरेका मात्र हुन्’,निर्देशक देउजाले भने।
निर्देशक देउजाले अभिनेत्री थापासँग ‘देवर बाबु’, ‘हिफाजत’ जस्ता सफल फिल्ममा काम गरिसकेका छन् भने अभिनेत्री शर्मासँग ‘झिँगेदाउ’मा सहकार्य भएको थियो। यद्दपि अभिनेत्री पूजासँग भने पहिलो सहकार्य हुँदैछ। ठूलो स्टारलाई लिएर फिल्म मेकिङ्ग गर्नु चुनौतीपूर्ण भएता पनि दर्शकको अपेक्षा रहेको निर्देशक देउजाले बताउनुभयो।










