‘छड्के २’ मा भिटेनको र्‍याप

फिल्म । फागुन १९ गतेबाट रिलिज हुने फिल्म ‘छड्के २’को एक गीतमा चर्चित र्‍यापर भिटेनले स्वर भरेका छन् । बुधबार काठमाडौंस्थित एक स्टुडियोमा रेकर्ड गरिएको गीतमा भिटेनले स्वर भरेका हुन् ।

गीतको शब्द रचना तथा संगीत पनि भिटेन स्वयंमले तयार पारेका हुन् । कथा सुहाउँदो भएकै कारण आफुहरुले भिटेनको गीत समावेश गरेको निर्माता प्रशान्त गिरीले बताए । अनमोल केसीको मुख्य भुमिका रहेको फिल्मको पोस्टर सार्वजनिक भएसँगै चर्चाको शिखरमा छ ।

ग्याङस्टर जनरामा निर्माण भएको फिल्ममा अनमोलको भिन्न लूक्स देख्न सकिन्छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर मुख्य भूमिकामा छन् । यसको चितवन र मुस्ताङमा छायांकन गरिएको छ ।

काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मसँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका फिल्मको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

कमेन्ट गर्नुहोस्