सारा र प्रितमको ‘केबल तिम्रै तिर’ सार्वजनिक

फिल्म । ‘गुञ्जन’ फिल्मको नयाँ गीत ‘केबल तिम्रै तिर’ सार्वजनिक गरिएको छ । गीतमा अभिनेत्री सारा सिर्पाली र प्रितमराज सेन्चुरीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । निशान भट्टराई र श्रेया सोताङको स्वर, रवि मल्लको शब्द तथा कल्याड सिंहको संगीत रहेको गीतमा कोरियोग्राफी कविराज गहतराजको रहेको छ । फिल्म आगामी शुक्रबारबाट प्रदर्शनमा आउदैछ ।

अष्ट महर्जनको निर्देशन रहेको फिल्ममा सारा र प्रितमसँगै सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । विशुद्ध प्रेमकथामा निर्माण भएको फिल्मको वितरण काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीले गर्दैछ ।

कमेन्ट गर्नुहोस्