दुई दशकमा ‘अभया सुब्बा एण्ड द स्टिम इन्जिन्स’

सङ्गीत । नेपाली रक एण्ड रोल ब्याण्ड ‘अभया सुब्बा एण्ड द स्टिम इन्जिन्स’ले आज २० औं वर्षगाँठको उपलक्ष्यमा एल्बम रेकर्ड गर्ने घोषणा गर्दै सन् २०२३ मा विश्व टुरको योजना सार्वजनिक गरेको छ । यो सांगीतिक यात्रामा साथ दिने सम्पूर्णलाई ब्याण्डले धन्यवाद दिएका छन् । ‘२० वर्षपछि पनि यहाँ उभिनसक्नु वास्तवमै हामीले सोच्न सक्ने सबैभन्दा ठूलो सम्मान हो’, ब्याण्डले भनेको छ ।

अभया सुब्बा ब्याण्डकी संस्थापक र व्यवस्थापक समेत हुन् । लिड गिटारिस्ट रिन्छेन पाल्जारले सन् २००४ मा ब्याण्ड ज्वाइन गरेका थिए । अर्का गिटारिस्ट नवीन लामालाई अभयाले स्प्राइट ब्याण्ड च्यालेन्ज नामक एक रियालिटी शोको क्रममा भेटाएकी थिइन् । विराट श्रेष्ठ र अजित तामाङ पनि ब्याण्ड सदस्य हुन् । परिक्रमा, रेड स्काइवार्कस र पञ्चतत्वजस्ता ब्याण्डमा काम गरिसकेकी अभयाले त्यसपछि मात्र स्टिम इन्जिन्स निर्माण गरिन् । ‘तिम्रो लागि’, गत वर्षको ‘लैजाऊ मलाई’ ब्याण्डका हिट गीतहरु हुन् ।

‘हामी २० वर्षको सम्झनामा एल्बम रेकर्ड गर्दैछौं र यो वर्ष धेरै भ्रमण गर्नेछौं’, ब्याण्डले लेखेको छ । २ जनवरी २००३ मा स्थापना भएको ब्याण्डले होटल र लाउन्ज बारमा लाइभ गिग गर्दै सांगीतिक करिअर थालेको थियो । रक ब्याण्डको रुपमा चर्चित हुनुअघि यो एकोस्टिक ब्लु ब्याण्डको रुपमा परिचित थियो ।

कमेन्ट गर्नुहोस्