अभिनेताको गायन शो

संगीत । आउँदो कात्तिक ६ गते साँझ दरबार मार्गस्थित लिक्कुइड लन्जमा तिहार बिशेष कार्यक्रम आयोजना गरिने भएको छ । ‘हंगामा विथ सलोन एण्ड आमेष लाइभ म्युजिक’ नाम दिइएको कार्यक्रममा अभिनेताद्वय सलोन बस्नेत र आमेश भण्डारीले प्रस्तुति दिनेछन । कार्यक्रम बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा सलोन र आमेषले दर्शकका साथ मिल्ने विश्वास व्यक्त गरे ।

‘म अभिनयसँगै गायनमा पनि सक्रियता बढाउन चाहन्छु । दर्शकको मायाले अगाडी बढ्नेछु’, अभिनेता बस्नेतले भने ।

कमेन्ट गर्नुहोस्