फिल्म । कोरोना भाइरसको महामारी अगाडी छायांकनमा रहेको फिल्म ‘डिसेम्बर फल्स’ बाँकी छायांकन सुरु भएको छ । यसै साताबाट फिल्मको बाँकी छायांकन सुचारु गरिएको हो । काठमाडौंको एनएफडिसीमा फिल्मको बाँकी सम्पूर्ण छायांकन सकाउने निर्माण पक्षले जनाएको छ । ‘फिल्मको काम सुरु भएको छ । दुई साता लाग्छ होला’ अभिनेता आर्यन सिग्देलले भने । फिल्ममा आर्यनसँगै उपासना सिंह ठकुरी, सुमन थापा रोहित,सलोन बस्नेत,नरेश भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ।
राम प्रसाद रिजालको प्रस्तुति रहेको फिल्ममा लक्ष्मण रिजाल कार्यकारी निर्माता रहेका छन् । यसमा राजकुमार भट्ट निर्माता , प्रविन झा निर्देशक , महेश आर गुप्ता छायाँकार , बिपीका खनालको कथा,केदार भुसालको पटकथा र सम्वाद रहेको छ । यसको पहिलो सेड्युल पोखरामा खिचिएको थियो । फिल्मलाई आउँदो डिसेम्बरमा रिलिज गर्ने तयारी निर्माण पक्षको छ ।
‘डिसेम्बरको कुनै पनि शुक्रबार रिलिज हुन्छ,’ कार्यकारी निर्माता रिजालले भने, ‘अहिले हामी यही योजनाका साथ काम गरिरहेका छौ ।’ प्रेमकथाका साथमा फिल्ममा वास्तवीक घटनालाई उठान गरिएको बताइएको छ । यसको वितरण श्रीराम बलाजी फिल्मस्का सुनील मानन्धरले गर्ने छन् ।












