विजयले घोषणा गरे राजनीतिक दल

फिल्म । भारतीय कलाकार अभिनयसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय छन् । यसैक्रममा राजनीतिमा सहभागी हुने चर्चाबीच दक्षिण भारतीय अभिनेता थलापति विजयले राजनीतिक दलको घोषणा गरेका छन् । उनको दलको नाम ‘तमिझागा वेत्री कझगम’ (विजयी तमिल संघ) राखिएको छ । यद्यपि, उनको पार्टीले सन् २०२४ को लोकसभा चुनाव भने लड्ने छैन । यी तमिल अभिनेताले विज्ञप्ति जारी गर्दै सन् २०२४ को चुनावमा पार्टीले भाग नलिने उल्लेख गरेका छन् ।

४९ वर्षीय अभिनेता तमिल फिल्म उद्योगबाट राजनीतिमा प्रवेश गर्ने पछिल्लो व्यक्तित्व बनेका छन् । दक्षिणी राज्यका दुई पूर्वमुख्यमन्त्री एमजी रामचन्द्रन र जे जयललिता फिल्म कलाकार थिए । मुख्यमन्त्रीको रुपमा काम गरेका एम करुणानिधि पटकथा लेखक थिए । अब विजयको राजनीति यात्रा कस्तो हुनेछ ? यो आउँदो समयले नै बताउने छ ।

कमेन्ट गर्नुहोस्