देश । नेपाली कांग्रेस सर्लाहीका नेता विनोदकुमार खनाल प्रतिनिधि सभाको लागि सिफारिस भएका छन् । सर्लाही क्षेत्र नम्बर ३ बाट सिफारिस भएका नेता खनाल नेपाली कांग्रेस सर्लाहीका पुर्व जिल्ला उपसभापति हुन । विद्यार्थीकाल देखि नै राजनीतिमा सक्रिय नेता खनाल नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील भए देखि नै महासमिति सदस्य रहदै आएका छन् । सर्लाही जिल्लाकै प्रभावशाली नेताको रुपमा हेरिन खनाललाई अन्य उम्मेदवार भन्दा बलियो मानिएको छ ।
स्थानीय क्षेत्रवासीले नेता खनाललाई रुचाएता पनि नेपाली कांग्रेसको आन्तरिक राजनीतिका कारण उनले टिकट पाउन सकेका छैनन् । क्षेत्रवासीले चाहेको मान्छेले टिकट नपाउँदा क्षेत्र नम्बर ३ कांग्रेसले आफ्नो पोल्टामा पार्न सकेको छैन ।
सर्लाही क्षेत्र नम्बर ३ प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसबाट विनाेद खनालकाे नाम सिफारिस गरेकाे छ । सर्लाही कांग्रेसका पूर्व जिल्ला उपसभापति खनाल क्षेत्र नम्बर ३ का प्रभावशाली नेता हुन् । खनाल कांग्रेसकाे महाधिवेशनमा डा. शेखर काेइराला टिमबाट मधेस प्रदेशकाे उपसभापतिकाे उमेदवार थिए । पारिवारिक रूपमै खनालकाे परिवार सर्लाही कांग्रेसमा याेगदान गरेकाे परिवार मानिन्छ । खनाल स्वयम प्रजातन्त्रका लागि पटक पटक जेल गएका नेता हुन् ।
सर्लाही क्षेत्र नम्बर ३ मा अन्य दलले पनि आ-आफ्नो नेतालाई प्रदेश तथा प्रतिनिधि सभाको सदस्यको लागि सिफारिस गरिसकेका छन् । ती मध्ये जनतामाँझ प्रिय नेता खनाल देखिएका छन् । नेता खनालले टिकट नपाए अन्य दललाई जीत निकाल्न सहज हुने देखिन्छ । खनाल यसअघि पनि सांसदका लागि पटक पटक सिफारिस भएका थिए । यसपटक भने खनाललाई टिकट दिएर कांग्रेसले न्याय गर्नुपर्नेमा स्थानीय नेता कार्यकर्ताले जाेड दिएका छन् ।











