रविले भने ‘निकितासँग भावना मिल्छ’

देश । गत विहिबार देखि सञ्चारकर्मी रवि लामिछाने चर्चामा छन् । आफ्नो पत्रकारिताको शैली मार्फत चर्चामा आएका रवि पछिल्लो समय भने घरायसी कारणले चर्चामा आएका हुन् । उनको श्रीमती ईशासँग डिभोर्स भएको खबर बाहिर आएपछि उनि चर्चामा आए । उनकी पुर्व श्रीमतीले केहि सञ्चारमध्यममा आफ्नो भनाइ प्रस्तुत गरेपछि आएको समाचारले रविलाई चर्चामा ल्याएको हो । उनि न्युज पोर्टल मात्र समाजिक सञ्जालमा हट इस्यु बनेका छन् । रविले विहिबार बिहान मात्र फेसबुकमा स्टाटस अपडेट गर्दै प्रतिक्रिया दिईसकेका छन् ।

यिनै रविले अनलाइन खबरसँगको अन्तर्वाताको क्रम निकिता पौडेलको बारेमा बोलेका छन् । उनको डिभोर्सको खबर सार्वजनिक भएसँगै उनले चलचित्र विकास बोर्डकी अध्यक्ष समेत रहेकी निकिता पौडेलसँग विवाह गर्न सक्ने खबर बाहिर आइरहेको छ । रवि र निकिता मित्रपार्कमा रहेको एकै अपार्टमेन्टमा बस्छन । ‘हामी डिभोर्सी हौ त्यसैले भावना मिल्छ तर उँहासँगको कारण श्रीमतीलाइ डिभोर्स दिएको होइन’ रविले अन्तर्वार्ताको क्रममा पछी जे पनि हुनसक्ने बताए । निकितासँगको विवाहको सम्भावना बारे नकार्न र स्वीकार्न नसकेका रविले एक्लो जीवन बिताउन पिडा रहेको बताउदै साथको खाचो रहेको इंगित गरे । ‘एक्लै हुदा तातोपानी दिने पनि कोहि हुदैनन् , विरामी हुदा सारै गाह्रो हुन्छ’ रविले भने ‘निकिता र म एकदमै राम्रो साथी हौ ।’

कमेन्ट गर्नुहोस्