फिल्म । आउँदो कार्तिक ४ गते प्रदर्शनमा आउने फिल्म ‘के घर के डेरा’ ले दोस्रो [पोस्टर सार्वजनिक गरेको छ । दीपेन्द्र के खनाल निर्देशित फिल्मको सार्वजनिक दोस्रो पोस्टरमा एउटै ओछ्यानमा पल्टिएका परिवारका सदस्यहरुको फरक मनोदशा देखाइएको छ । सार्वजनिक पोस्टरमा फिल्मका कलाकारहरु दयाहाङ राई निदाइरहेका छन् । बालकलाकार आयुशी ढकालले आँखामा आशाका किरण झल्किन्छन् । अभिनेत्री सुरक्षा पन्तलाई निराश अवस्थामा देखाइएको छ ।
फिल्मले डेरामा बस्ने कलाकारहरुको मनोविज्ञानलाई फिल्मी शैलीमा प्रस्तुत गरेको छ । महेश दवाडीको पटकथा र संवाद रहेको फिल्ममा दयाहाङ, सुरक्षा र आयुशीसँगै लक्ष्मी गिरी, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्रीलगायतका कलाकारहरुको अभिनय छ ।
सिंगे लामाको कथा रहेको फिल्ममा दिर्घ गुरुङको छायांकन, शंकर थापा स्माइल/कोशिस क्षेत्रीको संगीत र दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् । फिल्मको निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।











