करणले ल्याए ‘द काइट्स’

संगीत । नवगायक करण राईको पहिलो गीती एल्बम ‘द काइट्स’को विमोचन भएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथी वरिष्ठ गायक गणेश रसिक, विशेष अतिथीहरु लोकप्रिय गायक राजेशपायल राई, लोकप्रिय अभिनेता दयाहाङ राई, रैथाने संगीतज्ञ झुमा लिम्बु र कवि, गीतकार, निर्देशक प्रकाश आङ्देम्बेले गायक करणको एल्बम ‘द काइट्स’ एकसाथ विमोचन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी गणेश रसिकले गायक करणलाई शुभकामना दिदै अहिले र पहिलेका गीत–संगीतको अन्तर र सहजताको बारेमा प्रस्ट्याएका थिए । ‘हामिले जानेर नजानेर हिडेको बाटोमा, गोरेटोमा हिड्यौ , भन्ज्याङ हिड्यौ । अहिले नयाँ पुस्ताले त्यो संगीतको बाटो पिच बनाउनु भएको छ । त्यहि बाटोको क्रममा करण पनि आउनु भएको छ’ रसिकले थप्दै भने ‘ भाईले विदेशमै एल्बम विमोचन गर्न सक्नुहुन्थ्यो, तर किन नेपालमा गर्नुभयो भन्दा मेरो रगतको नाता गासिएको छ, मैले नेपालकै संगीत, शब्द र लय गाउनुपर्छ भनेर नेपाल आएजस्तो लाग्छ ।’

कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा गायक राजेश पायल राईले करणलाई संगीतको श्रद्धा गर्ने सर्जकको रुपमा चिनेको बताए ।‘चङ्गा जसरी उड्यो भने त्यो सम्पुर्णं दुख, पिडा, रिस, राग, झिजोहरु उडिरहेको छ, हामिहरु संसारमा प्रफुल्ल मनलेपनि उड्न सक्छौ भन्ने पनि अर्थ लाग्छ । त्यहि कारण उनको मन, उनको संगीत, चङ्गा जसरी चैट नभइकन संसारभरलाई उडाएर, नेपाली माटोको संगीत र नेपाली मौलिक स्वर नै गुञ्जाउनेछ सायारेम शुभकामना’ गायक राईले भने । करणलाई सांगीतिक निरन्तरताको शुभकामना अभिनेता दयाहाङ राईले दिए ।‘चंगासँग साच्चिकै हाम्रो मन साटिन्छ, त्योसँग रमाइन्छ, अनी भाईले गाउनु भएछ, प्रकाशजीले लेख्नु भएछ, गज्जब छ यो गीत ।’

एल्बम विमोचनपछि करणले २ गीतहरु ‘रानी हो’ र ‘चङ्गा’ लाइभ ब्याण्डसहित गाएका थिए । आफ्नो पहिलो एल्बमको बारेमा बोल्दै करणले भने ‘सानै उमेरदेखी गाउथे, आज आएर पहिलो एल्बम उहाहरु (गणेश रसिक, राजेश पायल राई, दयाहाङ राई, झुमा लिम्बु) को हातबाट विमोचन गर्न पाउदा चङ्गा जस्तै आकाशमा उडिरहेको महसुस गरिरहेको छु ।’ बाल्यकालदेखी नै गीत संगीतमा चासो राख्ने करण अमेरीकाबाट नेपाल फर्किएर यो एल्बम बजारमा ल्याएका हुन् ।

सार्वजनिक भएको ‘द काइट्स’ एल्बममा ९ गीतहरु समावेश रहेका छन् । सम्पूर्ण गीतमा करणको स्वर रहेको छ, भने ‘फुलै राम्रो’ डोएट गीतमा गीतमा भने करणलाई गायिका मेलिना राईले साथ दिएकी छिन् । एल्बमका गीतहरुमा क्रमश प्रकाश आङ्देम्बे, डम्बर नेपाली, धरारानी, थुक्तेन डु«क्पा र सपना भुजेलको शब्द रहेको छ भने डम्बर क्रमश देबेश राई, डम्बर नेपाली र महेन्द्र राईको संगीत रहेको छ । सबै गीतहरुको एरेञ्ज गायक तथा संगीतकार देवेशले नै गरेका छन् ।

कमेन्ट गर्नुहोस्