‘राधा’ चीनमा प्रदर्शन हुने

फिल्म । नेपाली फिल्म ‘द सेक्रेट अफ राधा’ ले नेपाल अगावै डायस्पोरा प्रदर्शन प्रारम्भ गर्ने भएको छ । सुवर्ण थापा निर्देशित फिल्म ‘राधा’ नेपाल रिलिजअघि नै चीनको ग्वान्झाओस्थित नेपाली महावाणिज्य दूतावासको हलमा फिल्मलाई देखाइन लागिएको हो । महावाणिज्य दूतावासका अनुसार साउन ३० गते फिल्म प्रदर्शनको तयारी छ ।

चाइना पर्फमेन्स इन्डस्ट्री एसोसिएसनले आयोजना गर्ने बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल २०२२ मा ‘राधा’ले प्रदर्शनको मौका पाएको हो । नेपाली फिल्मलाई चिनियाँ बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिभलको आयोजक समितिले राधालाई छनोट गरेको दूतावासद्वारा प्रेषित पत्रमा उल्लेख छ । दूतावासले फिल्म निर्मातासँग फिल्मको पूर्ण स्क्रिप्ट र सारांश भिडियो पनि मागेको छ ।

हराएका पतिको खोजीमा निस्किएकी एकल आमाको कथा भन्ने फिल्मको शिर्ष भूमिकामा सृष्टी श्रेष्ठ छिन् । देवकी विष्टले निर्माण गरेको फिल्मको निर्माताको रुपमा सौगात मल्ल पनि जोडिएका छन् । यसमा सौगात र सृष्टीसँगै दयाहाङ राई , खगेन्द्र लामिछाने , दिव्य देव , निश्चल बस्नेत , बुद्धि तामाङ लगायतको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्