भूपू र उषाको ‘छोटो छ जिन्दगी’ (भिडियो)

संगीत । गायक भूपू पाण्डे र चर्चित हाँस्यटेलिश्रृङ्खला सक्किगोनीकी सिर्जना अर्थात् उषा उप्रेतीको ‘छोटो छ जिन्दगी’ सार्वजनिक भएको छ । नारायण नेपालीको शब्द रहेको गीतमा संगीत तथा स्वर भूपू पाण्डे र मेलिना मैनालीको स्वर रहेको छ। वैदेशिक रोजगारीले दम्पती जीवनमा ल्याएको विछोडलाई कलात्मक शैलीले प्रस्तुत गरिएको छ। भिडियो हेरेपछि दर्शकहरुले गीतले रुवाएको भन्दै टिमको विशेष प्रशंसा गरेको छ।

गायक भूपु र उषाको अभिनय रहेको म्युजिक भिडियोको कथा, कन्सेप्ट तथा निर्माण गायक स्वयम भूपू रहेको छ भने सागरबाबु भट्टले डेब्यु निर्देशन रहेको छ। नेपालकै आछाम तुल्ता देखि भारतको राजस्थान सम्मको स्थललाई भिडियोमा समावेश गरिएको छ। योगेश दहालले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन तथा श्याम कुँवरले रंग सम्पादन गरेका हुन्।

कमेन्ट गर्नुहोस्