शिक्षकबारे कविता लेख्दा डेढलाख पुरस्कार पाइने

फिल्म । शिक्षक बन्न एक शिक्षित युवाले गर्ने संघर्षको कथा देखाउने फिल्म‘प्रकाश’ले शिक्षकको बिशेषता वा महत्वबारे कविता प्रतियोगीता आयोजना गरेको छ । फिल्मका निर्माता महेन्द्र अधिकारीले दिएको जानकारी अनुसार प्रतियोगीतामा विभिन्न कलेज तथा स्कूलका विद्यार्थीहरुले सहभागीता जनाउन सक्नेछन् । सहभागीता जनाउनका लागि जुन कुनै कक्षामा अध्ययनरत् भएपनि १२ वर्ष पुरा भई १८ वर्ष ननाघेको हुनु पर्नेछ भने बढी कक्षा १२ अध्ययनरतले सहभागीता जनाउन सक्नेछन् ।

प्रतियोगीतामा सहभागी मध्येबाट प्रथम हुनेले रु एकलाख पुरस्कार पाउने छन् भने द्वितीय हुनेले रु ५० हजार पुरस्कार पाउनेछन् । नेपाली र अंग्रेजी दुबै भाषलाई मान्यता दिइएको कविताको लम्बाई १ देखि साढे एक मिनेट सम्मको हुनुपर्नेछ । सहभागीले कबिताको भिडियो आफै बनाएर prakshthefilm @gmail.com मा पठाउन सक्नेछन् । प्रतियोगीता श्रावण २० गतेबाट शुरु भई भाद्र २० गते सम्म चल्नेछ ।

दिनेश राउतको निर्देशन रहेको फिल्ममा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

विकास सुबेदीको लेखन रहेको फिल्ममा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

कमेन्ट गर्नुहोस्