फिल्म । अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘माईकल अधिकारी’ को आउँदो भदौ ३ गते प्रदर्शनमा आउँदैछ । सौगात र सृष्टिको प्रेम , गरिवीलाई फिल्मको कथा बनाइएको छ । सार्वजनिक सामग्रीमा पैसाको बिछ्याउनामा प्रेमील भावमा देखिएका उनीहरु पैसाकै लागि अरुको बच्चालाई आफ्नो रेखदेखमा जन्म दिन तयार छन्। सृष्टि आमा बनेपछि बच्चा फिर्ता गर्न नमान्दा आउने द्वन्द्वनै फिल्मको कथा हो।
गोपीकृष्ण मुभिजको ब्यानरमा निरक पौडेलले निर्माण गरेको फिल्मलाई रञ्जित रौनियारले निर्देशन गरेका हुन् । यसमा सौगात र सृष्टिको जोडीको आर्थिक अवस्था निक्कै कमजोर छ । उनीहरु पैसाको लागि अरुलाई बच्चा जन्माइ दिने काम गर्न बाध्य छन । फिल्ममा आत्मियता, भावनात्मक सम्बन्धनसँगै हास्यरस मिसिएको निर्माण टिमले जनाएको छ । उद्धव पौडेलको प्रस्तुतीमा निर्माण भएको यसमा सौगात र सृष्टिका अलावा अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।












