फिल्म । ठग सुकेश चन्द्रशेखरसँगको सम्बन्धका कारण अदालतमा मुद्दा खेपिरहेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले विदेश भ्रमणका लागि अनुमति दिन अदालतमा अर्जी दिएकी छिन् । उनले दिल्ली अदालतसँग १५ दिनका लागि विदेश भ्रमणको इजाजत दिन आग्रह गरेकी हुन् । तत्कालका लागि भने उनले अबुधाबीमा हुने आइफा अवार्डमा सहभागी हुनका लागि यो इजाजत मागेकी हुन् ।
आबुधाबीबाहेक ज्याकलिनले फ्रान्स र नेपालको भ्रमणका लागि पनि अदालतसँग अनुमति मागेकी छिन् । जेठ १४ मा ज्याकलिन नेपाल आउने कार्यक्रम रहेको छ । ज्याकलिनलाई आइतबार मात्र मुम्बई प्रहरीले एयरपोर्टबाट घर फिर्ता पठाएको थियो । बाहिर कतै उड्न लागेकी ज्याकलिनलाई प्रहरीले लामो सोधपुछ गर्दै अदालतको अनुमतिविना एक ठाउँबाट अर्को ठाउँ जान नपाइने भन्दै फिर्ता पठाएको थियो ।
सुकेशको ठगी कान्डमा मतियार हुन सक्ने आशंका मुम्बईको इन्फोर्समेन्ट डिरोक्टरेट (इडी)ले उनमाथि पनि मुद्दा दायर गरेको छ । इडीले सुकेशबाट उनले विभिन्न समयमा महंगा महंगा सामान गिफ्ट लिएको र ७ करोडभन्दा बढी पैसा पनि लिएको आरोप लगाएको छ । यदि अदालतले ज्याकलिनलाई विदेश उड्न नदिएमा नेपालमा हुन लागेको दबंग टुरमा ज्याकलिनलाई हेर्ने रहर पालेका नेपाली फ्यान निराश हुनेछन् ।










