जेठ २७ मा ‘कौसीद’

फिल्म । अभिनेत्री ऋचा शर्मा स्टारर फिल्म ‘कौसीद’ले अफिसियल पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिती घोषणा गरेको छ । सोमबार सार्वजनिक पोस्टरमा आगामी जेठ २७ (जुन १०) लाई प्रदर्शन हुने जनाइएको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री शर्मा पैसालाई अंगाल्दै देखिन्छिन् । वित्तिय ऋणको प्रभावमा परेको परिवारको कथा बोल्ने फिल्मको केन्द्रीय द्वन्द्व पैसाकै वरिपरी घुमेको पोस्टरले भान दिन्छ ।

कुमार भास्करको निर्देशनमा बनेको फिल्ममा ऋचासँगै भोलाराज सापकोटा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराई मुख्य भुमिकामा छन् । केदार भुसालको निर्माणमा तयार भएको यो फिल्मको कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ तथा सह-निर्मातामा लक्ष्मण बानियाँ रहेका छन् । फिल्मको कथा लेखन नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् । निसाल पौडेलले छायांकन गरेको फिल्ममा मित्र डि. गुरुङ र भिम विश्वकर्माको सम्पादन रहेको छ । बड पिक्चर्सको ब्यानरमा फिल्म ‘कौसीद’ निर्माण भएको हो ।

यो फिल्मको कोरोना महामारीको बीच निर्माण सम्पन्न भएको थियो । हाल पोष्ट प्रोडक्सनको काम सम्पन्न भइ फिल्म प्रदर्शनको लागि तयार भएको हो । आर आर फिल्मस्ले फिल्मको वितरण अधिकार लिएको छ ।

कमेन्ट गर्नुहोस्