‘हेल्लो जिन्दगी’ ट्रेलर रिलिज (भिडियो )

फिल्म । आउँदो चैत्र ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘हेल्लो जिन्दगी’ को ट्रेलर सार्वजनिक गरिएको छ । कोरोना भाइरसको महामारीका कारण प्रदर्शनमा ढिलाई भएको फिल्म ‘हेल्लो जिन्दगी’ मा विदेशमा बस्ने नेपालीको कथा समेटिएको छ । मर्डर मिस्ट्री ‘हेल्लो जिन्दगी’ मा बिक्रम डि जोशी मुख्य भूमिकामा छन् । उनिसँगै दीपिका प्रसाई , प्रियंका कार्की , विल्सन बिक्रम राई,एभरेष्ट सूर्य बोहरा,बिक्रान्त बस्नेत,सबिता गुरुङ,जानकी पन्त,धु्रव दत्त,कुमुद पन्त र सनमकुमार बैरागको अभिनय छ ।

फिल्मलाई एभरेष्ट सुर्य बोहोराले निर्देशन गरेका हुन् । फिल्ममा निर्देशक बोहोरासँगै अभिनेता बिक्रमको कथा रहेको छ । महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘हेल्लो जिन्दगी’ युके र नेपालमा खिचिएको हो । फिल्मको निर्मातामा हिराल जोशी र बिक्रम डि जोशी छन् । सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको फिल्मको सहनिर्मात्रीमा सबिता गुरुङ छिन् । फिल्मको लाइन प्रोड्युसरमा डि क्रिएटिभ स्टुडियो,युके र काम्मा इन्टरटेन्मेन्ट,इन्डिया छन् । केही समयमै फिल्मको पहिलो गीत सार्वजनीक गरिने जानकारी निर्देशक बोहराले दिएका छन् ।

कमेन्ट गर्नुहोस्