फिल्म । बलिउडमा अभिनेता आमिर खानलाई ‘मिस्टर पर्फेक्टनिस्ट’ पनि भन्ने गरिन्छ । किनकी उनले अभिनय गर्ने फिल्महरुमा उनको कामले चर्चा पाउने गरेका छन् । पछिल्लो फिल्म ‘ठ्ग्स अफ हिन्दोस्तान’ लाई भुल्ने हो भने उनको फिल्मले दर्शकको मन जितेका छन् । यिनै आमिर केहि वर्ष यता ‘लाल सिंह चढ्ढा’ मा व्यस्त छन् । उनले फिल्ममा शिर्ष भूमिका निर्वाह गरेका छन् । सन् १९९४ मा हलिउडमा टम ह्यांक्सलाई लिएर बनेको फिल्म ‘फरेस्ट गम्प’ को यो रीमेक हो ।
आमिरले आफुले बनाएको फिल्म बारे प्रतिक्रिया लिन लसएन्जल्समा एक शो आयोजना गर्ने तयारीमा छन् । उनले आफ्नो क्यारेक्टर र फिल्म टमलाइ देखाउन चाहन्छन । आमिर व्यक्तिगत रुपमा पनि टमको अभिनय र फिल्म छनौट देखि प्रभावित छन् । टमले आफु भन्दा पनि क्यारेक्टरलाई पर्दामा उतार्न निकै मेहनत गर्ने गरेका छन । फरेस्ट गम्पसँगै क्याप्टेन फिलिप , कास्ट अ वे , द टर्मिनल जस्ता फिल्म मार्फत टमले आफ्नो अभिनत कौशलतासँगै कथा छनौटलाई प्रमाणित गरिसकेका छन् ।
यसैले गर्दा पनि आमिर आफ्नो फिल्म टमले हेरेर प्रतिक्रिया देओस भन्नेमा छन् । यद्दपी टमले फिल्मको लागि समय दिईसकेका छैनन् । फिल्ममा आमिरसँगै करिना कपुर, नागा चैतन्य आदि कलाकारको पनि अभिनय रहेको छ । चलिरहेको महामारी साम्य भएमा फिल्म ‘लालसिंह चढ्ढा’ अप्रिल १४ मा रिलिज हुनेछ । बितेको क्रिसमसमा रिलिज हुने तरखरमा रहेको फिल्म महामारीकै कारण पोस्ट प्रडक्सनको काम नसकिएपछि सरेर अप्रिलमा पुगेको हो ।










