कमेन्ट गर्नुहोस्
‘राम्रो चिज जहिले सिंगल हुन्छ’

फिल्म । एक्ट्रेस छुल्ठिम गुरुङले आफु सिंगल खुसि रहेको बताएकी छिन् । गायक धिरज राईसँगको वैवाहिक जीवन टुंगिएपछि छुल्ठिम सिंगल छिन् । ‘नोभेम्बर रेन’मा काम गरेपछि ‘डल्ली’ उपनाम समेत पाएकी छुल्ठिम पछिल्लो समय फिल्मसँगै म्युजिक भिडियोमा व्यस्त छिन् । नयाँ वर्षमा घुमघामका लागि युएई पुगेकी छुल्ठिमले राम्रो चिज सिंगल नै हुने गरेको उल्लेख गर्दै सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गरेकी छिन् । ‘राम्रो चिज जहिले सिंगल नै हुन्छ । जस्तै कि, आकाशको चन्द्र र धर्तीको म ।’ उनले खुसि हुन् सिंगल लाइफ नै काफी रहेकोमा जोड दिएकी छिन् ।






