राजेशले दिए पासाङलाई माफी

संगीत । गायक गायक राजेश पायल राईमाथि आक्रमण गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन् । उनले रक्सी र खादा सगुन दिदै माफी मागेका हुन् । रक्सी र सगुन जनजातिबीच सम्बन्ध सुरुवात गर्ने असल माध्यम मानिन्छ । राजेशलाई आक्रमण गरिएको भनिएका दावा पासाङ शेर्पाले पनि जनजातिको यही परम्परा अनुसार माफी मागेका हुन् ।

शेर्पाले आफूले आवेशमा आएर यस्तो गरेको र अबदेखि नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । गायक राईले पनि पासाङले गल्ती स्वीकार गरेकोल माफी दिएको बताएका छन् र उनले आफ्ना समर्थकलाई गाली गलौज नगर्न पनि आग्रह गरेका छन् । नयाँ वर्षको अवसरमा न्युयोर्कमा भएको एक कार्यक्रममा गाइरहेको समयमा पासाङले पछाडिबाट आएर राजेश पायल राईको घाँटी समातेका थिए ।

कमेन्ट गर्नुहोस्