देश । गृहमन्त्री बालकृष्ण खाणले न्यायपालिकामा रहेको समस्या छिटो समाधान हुनु पर्ने चाहना सरकारको रहेको बताएका छन् । प्रदेश नम्बर २ स्थित जनकपुरमा जिल्ला स्तरीय कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै गृहमन्त्री खाणले न्यायपालिकासँगै कार्यपालिका र व्यस्थापिका स्वतन्त्र रहेको बताएका छन् । ‘नेपाली नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ’ गृहमन्त्री खाणले भने ,’नेपाली कांग्रेसको अधिवेसन तोकिएकै समयमै गर्नै पर्छ किनकी लोकतान्त्रिक पार्टीको अधिवेसनमा सबैको आँखा अडिएको छ ।’
यस्तै , कार्यक्रममा प्रदेश नम्बर २ का महिला , बालबालिका , युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहले पछिल्लो समय देखिएको नागरिकता सम्बन्धि समस्या समाधान गर्न संघीय सरकारलाई ध्यानाकर्षण गराएका छन् । ‘हामीले नागरिकता सम्बन्धि समस्या समधान गर्नै पर्छ किनकी समस्या राख्दा त्यसले राम्रो नजिता दिदैन’ मन्त्री सिंहले भने ,’समस्यालाई छिटो भन्दा छिटो समाधान गर्न हामी लाग्नुको विकल्प छैन ।’
कार्यक्रममा प्रदेश नम्बर २ कै भौतिक पूर्वाधार तथा योजना मन्त्री राम सरोज राय , नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्द ढुंगाना , फर्मुला मन्सुर , महेन्द्र राय लगायत प्रदेश नम्बर २ अन्तरगतका आठै जिल्लाका नेका सभापति लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।










