ब्राजिल सेमिफाइनलमा

खेलकुद । अपेक्षा अनुसार नै ब्राजिल कोपा अमेरिका २०२१ को सेमिफाइनलमा पुगेको छ । शनिवार विहान भएको खेलमा चिलीलाई १–० गोलअन्तरले पराजित गरी साविक विजेता ब्रजिलले कोपा अमेरिकाको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । दोस्रो हाफको सुरुमै गाव्रियल जेससले रातो कार्ड पाएपछि ब्राजिलले १० खेलाडीमा रहेर कठिन प्रतिस्पर्धा पार गरेको हो ।

रियो दि जेनेरियोको स्टाडियो निल्टोन सान्तोषमा भएको खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफ सुरू भए लगत्तै ब्राजिलले खेलमा अग्रता लियो । ब्राजिलका लागि ४६ मिनेटमा लुकास पाक्युटाले गोल गरे। उनी रोबर्टो फिर्मिनोको स्थानमा मैदान छिरेको थियो। चिलीको बक्सभित्र कप्तान नेइमारसँगको सुन्दर समन्वयसँगै पाक्वेटाले शानदार फिनिसिङ गरे ।

त्यसको २ मिनेटपछि नै गाव्रियल जेससले रातो कार्ड पाएसँगै ब्राजिल १० खेलाडीमा समेटियो । त्यसयता रक्षात्मक बनेको आयोजक टोलीले अग्रतालाई अन्तिमसम्म कायम राख्न निकै कठिन भएको थियो । सेमिफाइनलमा ब्राजिलले पेरुसँग खेल्नेछ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्