खेलकुद । युरो २०२० मा बुधवार विहान भएको खेलमा स्वीडेनमाथि २-१ गोलको नतिजामा जित निकाल्दै युक्रेन क्वार्टरफाइनलमा पुगेको छ । युक्रेनले खेलको २७ मिनेटमा जिनचेन्कोको गोलबाट अग्रता लिएको थियो । खेलको ४३ मिनेटमा फोर्सवर्गले स्विडेनका लागि बराबरी गोल फर्काए । त्यसपछि निर्धारित ९० मिनेटमा कुनै गोल हुन सकेन।
९९ मिनेटमा डेनिलसन रातो कार्ड पाउँदै बाहिरिदा स्विडेन १० खेलाडीमा सीमित बन्यो । अतिरिक्त समयको दोस्रो हाफमा थप गरिएको तीन मिनेट इन्जुरी टाइमको पहिलो मिनेटमा डिभबीले गोल गर्दा युक्रेनले रोमाञ्चक जित हात पार्यो ।
खेलको इन्जुरी समय १२१औं मिनेटमा स्वीडेनका ढोब्याकले गरेको गोलसँगै युक्रेनले पहिलो पटक युरोपियन च्याम्पियनसिपमा क्वार्टरफाइनल यात्रा तय गरेको थियो । यद्यपि, सोभियत युनियनको एक देश हुँदा भने एक पटक च्याम्पियनसमेत बनेको थियो । जितसँगै अन्तिम ८ मा पुगेको युक्रेनले सेमिफाइनल प्रवेशका लागि इङ्ल्यान्डसँग खेल्ने छ । (एजेन्सी)









