देश । नेपाल सरकारले विस्तारै निषेधाज्ञालाई कम्जोर बनाउदै जनजीवन सामान्य बनाउदै छ । यसैक्रममा उपत्यकास्थित तीनै जिल्ला प्रशासनहरुले कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै एक साता लम्ब्याउने निर्णय गरेका छन् । निषेधाज्ञा असार २१ गते मध्यरातसम्म कायम रहने भएता पनि प्रावधान भने खुकुला छन् ।
प्रशासनको निर्णयअनुसार जोर-बिजोर प्रणालीको आधारमा २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारीसाधन उपत्यकाभित्र संचालन हुन पाउने भएका छन् । सुरक्षा सम्बन्धि मापदण्ड पूर्णरुपमा पालना गर्दै बिहान ६ देखि बेलुका ७ बजेसम्म ती सवारी चलाउन पाइनेछ । अहिले उपत्यकाका तीन जिल्लामा निजी सवारी साधन जोर-बिजोर प्रणालीमा संचालन भैरहेका छन् । उपत्यकामा उल्लेखनीयरुपमा कोरोना संक्रमण नघटेकाले निषेधाज्ञालाई भने निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।









