भेटियो डेल्टा भेरियन्टको म्युटेसन

विदेश । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको दोस्रो लहर बढेपछी नेपाली पनि प्रभावित भएको थियो । विस्तारै दोस्रो लहरबाट अवस्था सामान्य हुँदै गर्दा भारतमा कोभिड–१९ को डेल्टा भेरियन्टको म्युटेसन देखिएको छ । भारतले मंगलबार औपचारिकरुपमा डेल्टा भेरियन्टको म्युटेसन (बी‍‍.१.६१७.२.१) फेला परेको बताएको हो ।

भारतमा यसको संक्रमणको विषयमा पनि अध्ययन भइरहेको बताइएको छ । जानकारहरुले नयाँ म्युटेसन कति संक्रामक छ भन्ने कुरा निकै महत्वपूर्ण रहेको बताएका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्