कोपा अमेरिका : बराबरीमामा रोकियो अर्जेन्टिना

विदेश । ब्राजिलमा भइरहेको ४७औं संसकरणको कोपा अमेरिकाको दोस्रो दिन सम्पन्न खेलमा उपाधि दाबेदार अर्जेन्टिनाले चिलीसँग १-१ को बराबरी खेलेको छ ।मंगलबार बिहान ओलम्पिक निल्टन सान्तोस स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले पहिलो हाफमा अग्रता लिएपनि दोस्रो हाफमा त्यसलाई काएम राख्न सकेन । अर्जेन्टिनाका लागि कप्तान लिओनल मेस्सीले गोल गरेका थिए । खेलको ३३औं मिनेटमा मेस्सीले फ्रिकिकमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । अर्जेन्टिनाका लागि मेस्सीको यो ७३औं अन्तर्राष्ट्रिय गोल हो ।

यस्तै दोस्रो हाफमा चिलीका एडुवार्डो भर्गासले गोल फर्काउदै खेललाई बराबरीमा ल्याएका थिए । अर्टुरो भिडालले प्रहार गरेको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले रोकेपछि त्यसैमा आएको रिबाउन्ड बलमा भिडालले गोल गरेका हुन् । बराबरीपछि समूह ए मा अर्जेन्टिना र चिलीले समान १ अंक जोडेका छन् ।

यस्तै , सम्पन्न दोस्रो खेलमा पाराग्वेले विजयी सुरुआत गरेको छ । समूह ए को खेलमा पाराग्वेले १० खेलाडी समेटिएको बोलिभियालाई ३-१ ले पराजित गरेको हो । खेलको १०औं मिनेटमै एर्विन साभेद्रले गोल गर्दै बोलिभियालाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी टाइममा जाउमे कुएलर दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि बोलिभिया खेलाडीमा समेटियो । त्यसको फाइदा उठाउदै पाराग्वेल अन्तिम ३० मिनेटमा ३ गोल गर्‍यो । ६२औं मिनेटमा अलेजान्ड्रो रोमेरोले पाराग्वेका लागि बराबरी गोल फर्काए । एन्जल रोमेरोले ६५औं र ८०औं मिनेटमा गोल गरेपछि पाराग्वेले जित हात पारेको हो। (एजेन्सी)

कमेन्ट गर्नुहोस्